Posts

पोखरामा एमालेले मतदानबाट छान्यो तीन उम्मेदवार, राजिव पहारी ‘रिङआउट’

९ बैशाख, पोखरा । नेकपा एमालेले मतदान गरेर पोखरा लेखनाथ महानगरपालिकाको मेयर तथा उपमेयरका उम्मेदवार सिफारिस गरेको छ । मेयरका सम्भावित उम्मेदवार मानिएका युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजिव पहारी सिफारिसमै पर्न सकेनन् भने नेपाल समूह निल भएको छ । मेयरमा र उपमेयरको उम्मेदवारका लागि ७/७ जना आकांक्षी भएपछि केन्द्रमा नाम सिफारिस गर्न मतदान गरिएको थियो । राती अबेर सम्पन्न निर्वाचनबाट वैकल्पिक केन्द्रीय सदस्य तथा कास्कीका निवर्तमान अध्यक्ष मानबहादुर जिसी र कास्की अध्यक्ष तथा पोखरा लेखनाथ महानगर कमिटीका संयोजक कृष्ण थापाको छनोट भएको छ । पोखरा लेखनाथ महानगरका ४ सय ५७ प्रतिनिधिमध्ये ३ सय ९९ मतदान गरेका थिए, जसमा जिसीले २ सय ४६ र थापा २ सय २१ म्ात प्राप्त गरे । मित्रकुमारी गुरुङ (सुबेदी) को नाम भने सर्बसम्मत छनोट भएको छ । ३ उम्मेदवार सिफारिस गर्दा एक अनिवार्य महिला पठाउनुपर्ने नियम अनुसार गुरुङको नाममा सर्वसम्मत सहमति जुटेको छ । मेयरको उम्मेदवारका लागि सिफारिसमा भएका तीनैजना ओली समूहका हुन् । मेयरका सबैभन्दा बढी सम्भावना भएका नेपाल पक्षका श्रीनाथ बराल भने सिफारिसमै पर्न असफल भए । उन